सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।
त्यहाँ विकसित घटनाका सम्बन्धमा गम्भीर चासो व्यक्त गर्दै सरकारले नेपालीलाई सकुशल र शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।
बैठकले बेलायतको लन्डनमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन्।
उनीहरुका ती माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको लन्डनमा जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताए। सरकारले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि स्पष्ट पारेको छ।
आज बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।
यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक संजाल ट्विटरमा एक सन्देश लेख्दै अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि पहल भइरहेको जानकारी दिएका थिए।
अफगानिस्तानमा विद्रोही तालिबानले कब्जा जमाएपछि त्यहाँ रहेका थुप्रै नेपालीहरु अलपत्र परेको बताइए पनि कति नेपाली छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन।
याे पनि































प्रतिक्रिया