अफगानिस्तानमा रहेका नेपालीको उद्धारका प्रभावकारी कदम चाल्न सरकारसँग प्रचण्डको माग

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका प्रभावकारी कदम चाल्न सरकारसँग प्रचण्डको माग


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्दार भएको पनि उनले बताए।

त्यही भएर परिस्थितिलाई मध्यनजर गर्दै सरकारसँग उद्दारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न उनको माग छ।

उनले त्यसका लागि व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने बताएका छन्।

Logo