अफगानिस्तानमा रहेका नेपालीको उद्धारका प्रभावकारी कदम चाल्न सरकारसँग प्रचण्डको माग

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका प्रभावकारी कदम चाल्न सरकारसँग प्रचण्डको माग

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

आपतकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्दार भएको पनि उनले बताए।

त्यही भएर परिस्थितिलाई मध्यनजर गर्दै सरकारसँग उद्दारका लागि अविलम्ब प्रभावकारी कदम चाल्न उनको माग छ।

उनले त्यसका लागि व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पूर्ण पहल र सहयोग हुने बताएका छन्।

Skip This
Skip This
Logo