मन्त्रिपरिषदमा माधव समूहलाई ‘कोटा’ राख्न कांग्रेस नेता श्रेष्ठको सुझाव

मन्त्रिपरिषदमा माधव समूहलाई ‘कोटा’ राख्न कांग्रेस नेता श्रेष्ठको सुझाव

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई कोटा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वउप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठले सुझाएका छन्।

देउवापक्षीय उनले अब नेपाल समूहलाई धेरै पर्खेर बस्न नहुने बताए। ‘मैले त अस्ती पदाधिकारी बैठकमा पनि भनें र अहिले पनि भन्छु कि प्रधानमन्त्रीजीले माधवकुमार नेपालजीलाई धेरै पर्खिनु हुँदैन र कोटा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्छ, त्यसो हुँदा सरकारले प्रभावकारी ढंगले काम गर्न सक्छ’, उनले केन्द्रविन्दुसँग भने।

मन्त्रिपरिषद्ले पूर्णता पाएको अवस्थामा सरकारको कामकारबाही प्रभावकारी हुने उनी बताउँछन्।

सरकार गठन भएको एक महिना बित्दा पनि अझै मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।

प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले त संसदमै मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै देउवालाई खिसी गरिसकेका छन्।

माओवादी केन्द्रले पनि अब, माधवकुमार नेपाल समूहलाई नपर्खी मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिँदै आएको छ।

देउवा नेतृत्वमा २९ असारमा संयुक्त गठबन्धन सरकार बनेको हो।

Skip This
Skip This
Logo