सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले एमालेप्रति संकेत गर्दै संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री देउवालाई हेप्ने, घोच्नेलाई जनताले माफी नदिने धारणा राखेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै यादवले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने दावी समेत गरे।
उनले भने,‘संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने, घोच्नेलाई जनताले माफी दिने छैनन् । अव यो गठबन्धन सरकार १८ महिनाको मात्रै होइन, आगामी निर्वाचनपछि पनि पाँच वर्षका लागि निर्वाचित भएर आउनेछ ।’





























प्रतिक्रिया