मध्यरातमा ओलीको एकता अपिल: षड्यन्त्रपछि नलाग्न सुझाव

मध्यरातमा ओलीको एकता अपिल: षड्यन्त्रपछि नलाग्न सुझाव

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा एक विज्ञप्ति जारी गरेका छन्।

उनले एमाले विभाजन रोक्न अपिल गर्दै पाँच बुँदे विज्ञप्ति जारी गरेका हुन्।

विज्ञप्तिमार्फत उनले एमाले विभाजनको पक्षमा कोही पनि नउभिन नेता कार्यकर्तामा अपिल गरे।

संसद् अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याइ एमालेलाई विभाजन गर्ने षडयन्त्र गरिएको भन्दै ओलीले आपत्ती जनाए। 

एमाले र उक्त पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने उनको चेतावनी छ।

सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरूसँग छलफल गरेपछि ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी विधेयक अध्यादेशमार्फत ल्याउने तयारीसहित संसद् अधिवेसन अन्त्य गरिएको चर्चा छ।

ओलीले विज्ञप्तिमा भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु।’


 

Skip This
Skip This
Logo