नेपाली कांग्रेस आत्मघाती बाटोमा हिड्यो : थापा

नेपाली कांग्रेस आत्मघाती बाटोमा हिड्यो : थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाली कांग्रेस आत्मघाती र फोहरी बाटोमा हिँडेको बताएका छन्। 

देउवा नेतृत्व्काे सरकारले ल्याएको दलविभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता बढाउने उनले बताएका हुन्। 

नेपालको संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणाली नै कमजोर हुने र राजनीतिक अस्थिरता बढाउने निश्चित रहेको उनले बताएका छन्।

Logo