नेकपा एमालेका नेता महेश बस्नेतले नेपालमा दुई दलीय व्यवस्था उचित हुने धारणा राखेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा नेता बस्नेतले भने, ‘नेपालको राजनीतिमा जसरी अमेरिका र बेलायतमा दुई दलीय सिस्टम छ, नेपालमा पनि दुई दलीय व्यवस्था गर्यो भने राजनीतिक स्थिरता हुन्छ । साना दलहरुलाई एकीकरणको माध्यमबाट एमाले र कांग्रेसको रुपमा विकास गर्ने जनचाहना देखिन्छ, राजनीतिक स्थिरता दुई दलीय व्यवस्था हो।’
उनले माधव कुमार नेपाल काँग्रेस र माओवादी केन्द्रको मल बन्न गएको पनि धारणा राखे । नेता बस्नेतले भने,‘जसरी वसन्त ऋतुमा रुखहरुले पात फेर्छन्, नयाँ पालुवा आउँछ । हामी त रुखको पात झरेपनि त्यसैको मल बनोस् भन्ने हो । रुखहरुको पात त झर्यो तर एमालेको होइन, माओवादी र कांग्रेसको मल बन्न जानुभयो माधव नेपाल ।’
नेता नेपालले पार्टीमा गरेको गद्दारी र आपराधिक कर्म इतिहासमा गम्भीर समस्या बन्ने बताउँदै पार्टीको ह्वीप उल्लंघन गर्ने केही मान्छेहरु चोइटिएर गएको नै उचित हुने बस्नेतको भनाइ थियो।
नेता बस्नेतले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख अग्नीप्रसाद सापकोटाले गरेको अपराध नेपालको इतिहासमा धब्बाको रुपमा रहने पनि अभिव्यक्ति दिए। उनले नेकपा एमाले फुटाउन देउवा, प्रचण्ड र सभामुख नै लागिपरेको बताए।





























प्रतिक्रिया