डा. केसीले राखेका मागहरु जायज भएको भन्दै कांग्रेसको ऐक्यवद्धता

डा. केसीले राखेका मागहरु जायज भएको भन्दै कांग्रेसको ऐक्यवद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले डा.गोविन्द केसीले राखेका मागहरु जायज भएको भन्दै ऐक्यवद्धता जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ती जारी गरिसकेको बताए। तरपनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी ऐक्यवद्धता जनाउने तयारी भइरहेको उनले बताए । तर कोरोना संक्रमण जोखिमका कारण भोलि (सोमबार) बस्ने भनेको केन्द्रीय कार्य समितिको बैठक बस्ने–नबस्ने सम्बन्धमा आजै पार्टीले निर्णय गर्ने पनि उनले बताए।

कार्यसमिति बस्नु अघि आज (आइतबार) का लागि बोलाइएको पदाधिकारी बैठक भने स्थगित भइसकेको उनले बताए । केन्द्रीय कार्यसमिति बैठक बस्ने नबस्ने सम्बन्धमा सबै कार्यसमिति सदस्य र सचिवालय सदस्यहरुको पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्रै निर्णय हुने पनि उनले स्पस्ट पारे । डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पुरा हुने पनि उनले बताए। पछिल्लो समय पीसीआर परिक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राखेकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उनको भनाई छ ।

संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरिनसकेको प्रवक्ता शर्माले बताए। यद्दपी जनजीवन चलिरहेको अवस्थामा भौतिक दुरी कायम राखेर संसद अधिवेशन चलाउनु पर्ने उनले बताए। विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था लगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उनले बताए । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने पनि प्रवक्ता शर्माले बताए।

Skip This
Skip This
Logo