एमालेले गर्यो लुम्बिनी प्रदेश सभा अवरुद्धः बैठक २.३० सम्म स्थगित

एमालेले गर्यो लुम्बिनी प्रदेश सभा अवरुद्धः बैठक २.३० सम्म स्थगित

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सभा नेकपा एमालेले सोमबार पनि अवरुद्ध गरेको छ।

प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई सांसदबाट नहटाएको भन्दै एमालेले सोमबार पनि प्रदेशसभा चल्न दिएन।

बैठक सुरु भएपछि सभामुख पूर्ण बहादुर घर्तिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई बोल्न समय दिए।

तर, नेकपा एमालेले समय लिएर सांसदहरू वली र शाहीलाई कारवाही नभएको प्रति आपत्ति जनायो।

लगत्तै सभामुखले पुनः केसीलाई बोल्न दिए, त्यसपछि एमालेका सांसदहरू सभामुख घर्तिको रोष्टम अगाडि आएर बिरोध गर्न थाले।

सभामुखले एमालेका सांसदहरूलाई बस्न आग्रह गरेपनि उनीहरू रोकिएनन् । उनीहरुले विरोधस्वरुप एमालेका दुई सांसद कारवाही गर, हाम्रो आन्दोलन जारी छ, हाम्रो माग पुरा गर, लगायत नारा लगाएर बिरोध गरे।

बैठकअघि सोमबार नै सभामुखलाई एमालेले पत्र बुझाएको थियो।

लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखलाई भेटेर शाही र वलीलाई कारवाही नगरेसम्म संसद चल्न नदिने बताएका थिए, सोहीअनुरुप उनीहरूले विरोध गरेका हुन्।

Skip This
Skip This
Logo