नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज (मंगलबार) बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा तेस्रो धारका ५७ नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।
सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।





























प्रतिक्रिया