औपचारिक रुपमा फुटे एमाले : नेकपा (एकिकृत समाजवादी)ले पायो बैधता

औपचारिक रुपमा फुटे एमाले : नेकपा (एकिकृत समाजवादी)ले पायो बैधता

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ ।

एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।

संघीय संसद् सदस्य वा केन्द्रीय समितिको २० प्रतिशत समर्थनमा दल फुटाउन सक्ने र सो दलका सांसदमाथि दल त्याग लगाउन नपाइने अध्यादेश सरकारले ल्याइदिएपछि एमालेसँगै जसपा विभाजित भएका हुन् । दुबै दलभित्र लामो समयदेखिको आन्तरिक किचलो थियो। 

अध्यादेश अनुसार एमालेबाट विभाजित एकीकृत समाजवादीका पक्षमा तत्कालीन ५६ जना केन्द्रीय सदस्यले समर्थन जनाएका थिए। संघीय संसद्का २९ सदस्यले पनि एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका थिए। 

महन्थ पक्षका केन्द्रीय सदस्य र सांसदहरुले पनि बुधबार नै आयोगमा पुगेर दल दर्ताको सनाखत गरेका थिए । ठाकुर पक्षमा १६ सांसदले सनाखत गरेका थिए। 

अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो । 

Skip This
Skip This
Logo