प्रधानमन्त्रीलाई सरकारलाई पूर्णता दिन सकस भएको छ । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आइताबार साँझ भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच सरकारलाई पूर्णता छिटो दिनेबारे छलफल भएको थियो । कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा बढी समय भए पनि पूर्णता पाउन सकेको छैन ।
मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएकै कारण सरकारको कामकारवाहीप्रति आलोचनासमेत हुने गरेको छ । दुई दिनभित्र सरकारलाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू रहेका बताइएको छ ।





























प्रतिक्रिया