प्रदेश २ का ११ सांसदले रोजे लोकतान्त्रिक समाजवादी

प्रदेश २ का ११ सांसदले रोजे लोकतान्त्रिक समाजवादी

केन्द्रबिन्दु
0
Shares

प्रदेश २ मा जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। बुधबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर उनीहरूले लोसपामा सनाखत गरेका हुन्।

बुधबार निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेश सांसदहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरी नारायाण साह, जानकी शरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो छन्। तर, निर्वाचन आयोगले सनाखतको समय भदौ २२ सम्म दिएकोले लोसपामा जाने सांसदको संख्या बढ्ने बताइएको छ। 

अहिले प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ जना सांसद रहेका छन्। ५५ मध्ये तत्कालिन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ जना सांसद रहेका छन्। 

लोसपाका सांसद तथा निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लोसपा सनाखत गर्नेको संख्या बढ्ने बताए। उनले भने, ‘हामी केही सांसदहरू बिहीबार सनाखत गर्छौं।’न्युज कारखाना 

Skip This
Skip This
Logo