को को बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री ?(सूचीसहित)

को को बन्दैछन् माओवादी केन्द्रबाट मन्त्री ?(सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय गठबन्धनमा कुन पार्टीका को–को मन्त्री बन्दैछन् भन्नेमा आम चासो छ।

यस्तोमा नेकपा सत्तारुढ गठबन्धनको मध्ये दोस्रो ठूलो र गठबन्धनलाई यहाँसम्म ल्याई पुर्याएको मास्टरमाईन्ड माओवादी केन्द्रबाट को र कस्ता व्यक्तिले मन्त्री बन्ने अवसर पाउने हो भन्ने चासो रहनु स्वभाविक पनि हो।

तर, अहिलेसम्म मन्त्रालय कुन–कुन लिनेमै सहमति नजुटेका कारण भने मन्त्रिपरिषद् विस्तारमा उल्झन पैदा भएको छ। 

तर, यसअघि नै ३० साउनमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै दुई जना माओवादी केन्द्रबाट मन्त्री बनिसकेका छन्, जसमा अर्थ जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल छिन्।

उनीहरूलाई नै निरन्तरता दिएर अन्यलाई मन्त्री बनाउने सोच माओवादी केन्द्रको रहेको छ। 

अब केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री पाउँदैछ। गठबन्धनले माओवादीको भागमा एक राज्यमन्त्री सहित छ मन्त्रीमा सहमति यसअघि नै गरिसकेको छ।

को को बन्दैछन् त मन्त्री ?

अहिले सत्तारुढ दलभित्र कसले कुन मन्त्रालय लिने भन्नेमा सहमति जुट्न सकेको छैन। भैतिक पूर्वाधारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको दाबी कायमै रहेको कारण यो अवस्था आएको माओवादी केन्द्रका एक स्थायी कमिटि सदस्यले केन्द्रबिन्दुलाई जानकारी दिए।

त्यसमा सहमति जुटाएर २२ भदौपछि मन्त्रिपरिषद् विस्तार गर्ने योजना गठबन्धनको छ।

त्यसको लागि केन्द्रले यसअघि मन्त्री बन्ने अवसर नपाएका मध्येबाटः
–हरिवोल गजुरेल
–देवेन्द्र पौडेल
–सुदन किराँती
मन्त्रीको अग्रपंक्तिमा छन् भने राज्यमन्त्रीमा भने समावेशिता मिलाउने स्रोतको दाबी छ।

Logo