नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारीको घोषणा गर्ने भएका छन्।
स्रोतका अनुसार उनले यही २४ भदौमा उम्मेदवारी घोषणा गर्नेछन्।
पार्टीको चर्चितमध्येका उनी एक युवा नेता हुन्।
आजै उनले ट्वीट गर्दै उम्मेदवारी दिने संकेत दिएका छन्।
‘म चाँडै मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु’, शर्माको ट्वीट छ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी ९ मंसिरदेखि हुने भएको छ।





























प्रतिक्रिया