नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रदेश इञ्चार्जहरू तोकेको छ। पार्टी संगठनको कामलाई अघि बढाउन इञ्चार्ज तोकेको हो।
प्रदेश १ मा घनेन्द्र बस्नेतलाई इञ्चार्ज तोकेको छ।
प्रदेश २ मा धर्मनाथ साह, बागमती प्रदेशमा केदार न्यौपाने, गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई इञ्चार्ज तोकिएको हो।
सुदूरपश्चिम प्रदेशमा भने इञ्चार्ज तोकिन बाँकी छ।
काठमाडौं उपत्यका इञ्चार्जमा विश्वनाथ प्याकुरेल र विशेष प्रदेश इञ्चार्जमा विजय गुरुङ रहेका छन्।































प्रतिक्रिया