प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सुनुवाइ हुने भएको छ।
ओलीले १७ भदौमा सभामुख अग्निप्रसाद सापकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, माधवकुमार नेपाललगायत विरुद्ध रिट दायर गरेका थिए।
रिटमा अध्यक्ष ओलीले नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता खारेज गर्न माग गरेका छन्।
सभामुख सापकोटाले कारबाही सिफारिस भएका १४ सांसदको कारबाही प्रक्रियालाई रोकेको पनि भनेका छन्।
र, ति १४ जना सांसदलाई पदमुक्त गर्न ओलीले अन्तरिम आदेश माग गरेका छन्।
सापकोटाले अझै पनि ओलीले पदमुक्त गर्न गरेको सिफारिसलाई अगाडि बढाएका छैनन्।
२७ असारमा विश्वासको मत नदिएको भन्दै ओलीले झलनाथ खनालसहितका सांसदहरूलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।
सोही अनुसार उनले पदमुक्त गर्न सिफारिस गरे।
तर, सभामुख सापकोटाले माधव नेपाललाई नयाँ पार्टी दर्ता गर्न सहज होस् भनेर पदमुक्त गरेनन्।































प्रतिक्रिया