प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने!

प्रदीप पौडेल पनि महामन्त्री पदमा लड्ने!

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेलले पनि उम्मेदवारी दिने भएका छन्। नेता पौडेलले क्रियाशील सदस्यता विवरण २१ जिल्लाको पनि सार्वजनिक भएपछि उम्मेदवार दिने बताए।

उनी कांग्रेसको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट महामन्त्री पदमा उम्मेदवारी दिन चाहन्छन्। कांग्रेसमा हाल औपचारिक रूपमा युवा नेता गगनकुमार थापाले उम्मेदवारी घोषणा गरेका छन्।

गगनको उम्मेदवारी कुन टिमबाट भन्ने खुलेको छैन। यद्यपि, भदौ १४ गते उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे।  पौडेल पक्षले शुक्रबार गरेको पत्रकार सम्मेलनमा थापा देखिएकाले उनको उम्मेदवारी पौडेल पक्षबाट हुने अनुमान गरिएको छ।

२४ भदौमा विपी जन्मजयन्तीको अवसर पारेर प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्।
केन्द्रविन्दुसँग कुराकानी गर्दै उनले महामन्त्री पदमा उम्मेदवारी दिने बताए। 

उनी पार्टीको संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवारी दिने तयारीमा छन्।

अर्का, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भन्दै आएका छन् तर औपचारिक रूपमा उम्मेदवारी घोषणा भइसकेको छैन।

कांग्रेसका युवा पुस्ताका चर्चित नेताहरूको भिडन्त महामन्त्री पदमा हुने भएको छ। युवा पुस्ताकै नेताहरू डा. प्रकाशशरण महत, धनराज गुरुङलगायत पनि महामन्त्री पदका आकाङ्क्षी हुन्। 
 

Logo