संसद् सचिवालयको अभिलेख : हृदयेश त्रिपाठी स्वतन्त्र सांसद!

संसद् सचिवालयको अभिलेख : हृदयेश त्रिपाठी स्वतन्त्र सांसद!

केन्द्रबिन्दु
0
Shares

एमालेको चुनाव चिन्ह सूर्य लिएर नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हृदयेश त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका छन्। 

संघीय संसद् सचिवालयको आधिकारिक वेबसाइटमा प्रतिनिधिसभा सदस्यहरूको विवरणमा त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका हुन्। 

स्वतन्त्र सांसदको पहिलो नम्बरमा छक्कबहादुर लामा र दोस्रो नम्बरमा त्रिपाठीलाई राखिएको छ। 

यसबारे संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनभिज्ञता देखाए । 

‘उहाँ (हृदयेश त्रिपाठी) स्वतन्त्र सांसदको सूचीमा हुनुहुन्छ र’, प्रतिप्रश्न गर्दै प्रवक्ता पाण्डेले भने, ‘यसबारेमा बुझ्छु ।’न्युज कारखानाबाट

Skip This
Skip This
Logo