सरकारले दार्चुलाको तुइन घटनामा भारतलाई आज कूटनीतिक नोट पठाएको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले पुष्टि गरेकाे हाे ।
भारतीय सीमा सशस्त्र प्रहरी बल एसएसबीका एक जवानले तुइन खुस्काइदिए पछि महाकालीमा खसेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता भएको प्रतिवेदन छानविन समितिले गृह मन्त्रालयलाई पठाएको थियो ।
गृहले कूटनीतिक नोट पठाउन परराष्ट्रलाई पत्र लेखेको थियो । सोही निष्कर्षका आधारमा परराष्ट्रले कूटनीतिक नोटमार्फत भारतलाई पत्र लेखेको हो ।
साथै नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे पनि भारतलाई कूटनीतिक नोट पाठाएको छ । घटनाको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूताबासमार्फत कूटनीतिक नोट पठाएको हो ।































प्रतिक्रिया