बागमती प्रदेशमा १० मन्त्री नियुक्त, कसले कुन मन्त्रालय पाए? (सूचीसहित)

बागमती प्रदेशमा १० मन्त्री नियुक्त, कसले कुन मन्त्रालय पाए? (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन्। 

मुख्यमन्त्री शाक्यले आफूसहित पहिलो चरणमा केशव पाण्डे र कृष्ण खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। जसमध्ये पाण्डे आन्तिरिक मामिला, कानुन र खनालले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका थिए।

तर, खनाल भने आफू एमालेमा नरहने भन्दै मन्त्री पदबाट राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा खुलेका छन्।

मुख्यमन्त्री शाक्यको क्याविनेटमा आज अजय क्रान्ति शाक्य, काठमाडौं, चन्द्र लामा, काभ्रेपलान्चोक, रचना खड्का, दोलखा, शान्तिप्रसाद पौडेल, रामेछाप, प्रदीप कटुवाल, सिन्धुली, विजय सुवेदी, चितवन, सरस्वती बाटी, भक्तपुर, बद्री मैनाली, नुवाकोट, जुनेली श्रेष्ठ, मकवानपुर, जीवन खड्का, ललितपुरसहित १० मन्त्री थपिएका छन्।

५६ सदस्यीय एमाले संसदीय दल रहेकोमा नेकपा एकीकृतमा १३ जनाले सनाखत गरेपछि अहिले एमालेमा ४३ संसदीय दल रहेको छ।

बहुमत पुर्याउन १०९ प्रदेश सभा सदस्य मध्ये एमालेलाई ५५ सांसद आवश्यक रहेकोमा अहिले एमालेसँग मात्र ४३ सांसद संख्या रहेकोमा शाक्य अल्पमतमा छिन्। २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी शाक्यले ३ असोजसम्म विश्वासको मत लिनैपर्ने संवैधानिक जटिलता छ।

यता नेकपा एमालेबाट फुटेर अलग भएको विपक्षी नेकपा एकीकृत समाजवादी पार्टी भने आफ्नो नेतृत्वमा नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनको सरकार बन्ने दाबी गर्दै आएको छ।

नेकपा एसका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले यसअघिनै केन्द्रबिन्दुसँग आफ्नो नेतृत्वमा सरकार बन्ने ठोकुवा गरिसकेका छन्।

तर, स्रोतका अनुसार नेपाली कांग्रेसलाई प्रदेश एक भीम आचार्य मुख्यमन्त्री रहेको स्थानमा एमालेले सहयोग गरेर कांग्रेस–एमालेको गठबन्धनले मुख्यमन्त्री शाक्यलाई मत दिने गरी तयारी भएको जनाएको छ।

सोही जोडघटाउमा मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद् विस्तार गर्न लागेको पनि स्रोतको दाबी छ।

अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री
केशव पाण्डे – भौतिक पूर्वाधार विकास मन्त्रालय
रचना खड्का – आर्थिक मामिला तथा योजना मन्त्रालय
विजय सुवेदी – सामाजिक विकास मन्त्रालय 
शान्तिप्रसाद पौडेल – उद्योग, पर्यटन, वन तथा वातावरण 
प्रदीप कटुवाल – स्वास्थ्य मन्त्रालय 
डा.अजय क्रान्ति शाक्य – आन्तरिक मामिला तथा कानुन मन्त्रालय 
चन्द्र लामा – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय 
 

राज्यमन्त्रीहरू

जीवन खड्का – भौतिक पूर्वाधार विकास मन्त्रालय
सरस्वती बाटी – उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय
जुनेली श्रेष्ठ – सामाजिक विकास मन्त्रालय
बद्री मैनाली – भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
 

Skip This
Skip This
Logo