मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज शुक्रबार बस्दैछ। 

गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ।

सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्ण दिने जनाइएको छ। सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक-पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन्। 

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसीसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ। दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन नसकेका बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली पनि बिहीबारदेखि काठमाडौंमा छ।

कांग्रेस र जसपा एमसीसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन्।न्युज कारखाना

Skip This
Skip This
Logo