एमसीसी उपाध्यक्ष सुमारले भनिन्, ‘एमसीसीले नेपालको थलिएको अर्थतन्त्र उकास्छ’

एमसीसी उपाध्यक्ष सुमारले भनिन्, ‘एमसीसीले नेपालको थलिएको अर्थतन्त्र उकास्छ’

केन्द्रबिन्दु
0
Shares

अमेरिकी सहयोग परियोजना (एमसीसी) को उपाध्यक्ष फातिमा सुमारले जतिसक्दो छिटो एमसीसीलाई संसदबाट अनुमोदन गराउन दलहरूलाई आग्रह गरेकी छिन्।

एमसीसीले कोरोनाका कारण थलिएको नेपालको अर्थतन्त्रलाई उकास्ने उनको दाबी छ।

त्यही भएर नेपालका राजनीतिक दलहरूले एमसीसीलाई संसदबाट अनुमोदन गराउने उनले विश्वास व्यक्ति गरिन्।

आज राजधानीको होटल मेरियटमा पत्रकार सम्मेलन गर्दै नेपालको हितमा एमसीसी भएकोले यसलाई राजनीतिकरण गर्न जरुर नरहेको बताइन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेघवार्ता गरेकी छिन्। 

सो क्रममा सत्तारुढ दलहरूले राष्ट्रिय सहमति आवश्यक रहेको भन्दा प्रमुख विपक्षी दल एमालेले भने पहिले एमसीसीबारे सरकारको ‘पोजिसन’ स्पष्ट हुनुपर्ने जनाएको थियो।

सत्तारुढ र प्रमुख विपक्षी दलका अध्यक्षहरूलाई भेटेर सुमारले एमसीसी संशोधन गर्ने समय नभएको प्रष्टाएकी थिइन्।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले एमसीसीबारे संसदीय अनुमोदन गराउनुपर्ने बताएका थिए।

जबकि, एमसीसीलाई संसदीय अनुमोदन गराउनुपर्ने अवस्था छैन। नभए पनि मन्त्रिपरिषद् बैठकले यस्तो प्रावधान राखिएको हो।

हाल संसदमा एमसीसीबारे एमाले विपक्षमा छ। माओवादी, जसपा, एकीकृत समाजवादी पनि विपक्षमा छन्।
कांग्रेस मात्रै पक्षमा छ।

जसले गर्दा एमसीसी संसद्बाट अनुमोदन हुन्छ भन्नेमा शंका छ। 
 

Skip This
Skip This
Logo