सभामुखकाे आव्हानमा आज सर्वदलीय बैठक बस्दै

सभामुखकाे आव्हानमा आज सर्वदलीय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदमा जारी गतिरोध अन्त्य गर्न सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज साेमबार दिउँसो बस्दैछ।

प्रमुख प्रतिपक्षी एमालेले लगातार संसदमा अवरोध गर्न थालेपछि आइतबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको थियो।

सभामुख सापकोटाले त्यसअघि नै विवाद समाधान गर्न चाहेका हुन्। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार बैठक आज दिउँसो साढे २ बजे ल्होत्से हलमा बस्नेछ।

संसदको नवौँ अधिवेशन २३ भदौबाट सुरु भएको हो। त्यस यता एमालेले बैठक अवरूद्ध गर्दै आएकाे छ।

Skip This
Skip This
Logo