नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको माथिल्लो तहका नेताहरू बिग्रिएको टिप्पणी गरेका छन्।
पार्टी पुनर्गठन वा विघटनको प्रसङ्ग सोही कारण उठाएको उनले स्पष्ट पारे।
पार्टीका पूर्वमहासचिव पोष्टबहादुर बोगटीको सातौं स्मृति दिवसमा बोल्दै उनले तल्ला तहका नेता कार्यकर्ताहरू भने माओवादी आन्दोलन र पार्टीप्रति प्रतिबद्ध भएको बताए।
‘अहिले पनि क्रान्तिमा जाने भनेपछि जुरुक्क उठ्ने कार्यकर्ता माओवादीमा छन्, जनता र तल्ला तहका कार्यकर्ता बिग्रेका होइनन्, हामी माथिल्लो तहमा भएकाहरू केही बिग्रियौं कि भन्ने देखिएको छ’, प्रचण्डको भनाइ छ।
उनले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने संकेत पनि गरे।
संविधान, गणतन्त्र र लोकतन्त्रको पक्षपातीहरूको गठबन्धनलाई चुनावसम्म लगियो भने दुई तिहाइ मत प्राप्त हुने दाबी गरे।
नभए माओवादी एक्लै निर्वाचनमा जाँदा पनि पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने जिकिर गरेका छन्।































प्रतिक्रिया