को-को थिए, कांग्रेस महाधिवेशनमा सभापतिमा हार्नेहरु?

को-को थिए, कांग्रेस महाधिवेशनमा सभापतिमा हार्नेहरु?

केन्द्रबिन्दु
0
Shares

भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ। तर हरेक परिवर्तनमा पराजितहरुको भूमिका नै छैन भन्ने चाहीँ होइन। नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेद्वारको सधैं चर्चा हुने गरेको छ।

स्थापना कालदेखि चौथो महाधिवेशनसम्म निर्विरोधरुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ। अधिवेशनले बिपीलाई सभापतिमा निर्वाचित गर्यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिष्पर्धामा थिए।  

नेपाली कांग्रेसका नेता होमनाथ दाहाल भन्छन्, ‘त्यसको तीन वर्षपछि सम्पन्न छैंठाैं महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिष्पर्धा भयो। उनले जीवनमा एकपटक मात्रै पदको आकांक्षा देखाउनुभयो, त्यो हासिकेपछि कहिल्यै पनि सभापतिको आकांक्षा देखाउनुभएन, त्याग मात्रै संघर्ष मात्रै।’

राजनीतिक विश्लेषक विनोदकुमार भट्टराई भन्छन्, गणेशमानजीले जीवनमा एकपटक त्यही बेला पदको आकांक्षा देखाउनु भयो। त्यसपछि कहिल्यै सभापतिको आकांक्षा देखाउनु भएन। त्याग मात्रै, संघर्ष मात्रै। कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला जिल्लाबाट मतदान भएको थियो।

कांग्रेस नेता होमनाथ दाहाल सम्झन्छन्, ‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिष्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला। जिल्ला जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकाले मतदान गराइयो। आवाबाट (आकाशवाणी) रिर्पोट आउँथ्यो । सुवर्णजीले जित्नुभयो। गणेशमानजी हार्नुभयो।’

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो। त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेर राणाले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मुलनको घोषणा त्यहीँबाट गरे।

‘सुवर्णजीले आफ्नो १२ हजार विगाह जग्गा किसानलाई दिनुभयो र बिर्ता उन्मुलन कार्यक्रम शुरु गर्नुभयो । त्यसपछि देशभर बिर्ता उन्मुलनको आन्दोलन शुरु भयो ।’

अर्कोतिर सभापतिका उम्मेद्वार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेद्वारी नै दिनुभएन।त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुई तिहाई बहुमतका साथ सत्तामा थियो। बिपीबिरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिनु भयो।

त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए। दलहरुमाथि प्रतिवन्ध लगाइयो।

राजनीतिक विश्लेषक एवं प्रा.डा. राम थपलियाको भनाइ पनि यस्तै छ । उनी भन्छन्, ‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनु पर्छ। त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ। हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ। यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ। अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ। त्यसैले एक अर्काको अस्तित्व स्वीकार गरेर जानु पर्छ।’

त्यसैले आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नु पर्यो। झापामा सम्पन्न आठाैं महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित हुनुभयो। नवाैं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिष्पर्धा भयो। दशौं महाधिवेशनमा कोइरालालाई शेरवहादुर देउवा र रामहरी जोशीले चुनौती दिनुभयो।

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेद्वारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरी आचार्यले चुनौती दिए।

यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवशेनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए।

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बने। कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिष्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन्। तर पनि कांग्रेसको छैठौं अधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैँ भइरहन्छ।

Skip This
Skip This
Logo