ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

ऐन कानून जनताकै भावना अनुसार बनेका छन् : मुख्यमन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानले मार्गनिर्देश गरेका अभिभारालाई आत्मसात् गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी  गर्दै उनले प्रदेश सरकारले सबै प्रकारका ऐन कानून जनताकै भावना अनुसार तयार गरी कार्यान्वयन गरिराखेको उल्लेख गरे । 

विज्ञप्तिमा भनिएको छ “ संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सूत्रमा आबद्ध हुन प्रेरणा मिल्ने छ । ”

Skip This
Skip This
Logo