नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा दशैंअगावै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न नेपाली कांग्रेसको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार हिमाली जिल्लाहरूमा पालिका, निर्वाचन क्षेत्रका साथै जिल्ला अधिवेशनसमेत दशैंअगावै गर्ने सहमति भएको भएको हो ।
बाँकी रहेका अन्य जिल्लाहरूमा अधिवेशनको मिति अनिश्चित भए पनि केन्द्रीय महाधिवेशन प्रभावित नहुने अधिवेशनको मिति तय हुने महतले जिकिर गरेका छन् ।
आज बसेको बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान नभएका १३ जिल्लाहरुमा वडा र नगर अधिवेशन भने अधिवेशन दशैं अगाडि नै गर्ने गरी छलफल भएको उनले बताए ।































प्रतिक्रिया