एमालेका सांसदहरूलाई राजीनामा दिएर जनतामा जान बाबुरामकाे चुनौती

एमालेका सांसदहरूलाई राजीनामा दिएर जनतामा जान बाबुरामकाे चुनौती

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा दिएर जनतामा जान चुनौती दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले संसदलाई २/२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणीसमेत गरे। 

प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई भने, 'मैले दोस्रो संविधानसभामा २०७२ सालमा पार्टी छोडिसकेपछि तुरुन्त राजीनाममा दिएको थिएँ । उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ ।'

ADVERTISEMENT

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहोर्‍याए।  भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गरेर निर्लज्जताको पराकाष्ठ देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए।

सरकारको नेतृत्वमा हुँदा एमालेले संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले राजीनामा दिन सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनि भट्टराईले आपत्ति जनाए ।

Skip This
Skip This
Logo