प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा गरेको अवरोध खुलाउने विषयमा छलफल गर्न बैठक बोलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ । बैठक बिहीबार बिहान १० बजे बैठक बोलाइएका हुन् ।
गठबन्धनका ५ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित प्रमुख प्रतिपक्षी एमाले, लोकतान्त्रिक समाजवादी र नेपाल मजुदर किसान पार्टीलाई बोलाइएको हो।
एमालेका १४ सांसद्लाई सरकारले कारबाही नगरेको भन्दै २३ भदौदेखि निरन्तर संसद् अवरोध गर्दै आएको छ ।





























प्रतिक्रिया