आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । आज अपराह्न ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो ।

आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आएका छन् । आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

गठबन्धन दलबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको छ । जसअन्तर्गत गठबन्धन दलले मन्त्रीका लागि पाउने सङ्ख्याको पनि टुङ्गो लागिसकेको छ, भने केही दलले आफ्नो पार्टीबाट मन्त्री हुनेको नाम समेत सार्वजनिक गरिसकेका छन् ।

Logo