सर्वदलीय बैठकअघि देउवा र प्रचण्डबीच भेटवार्ता

सर्वदलीय बैठकअघि देउवा र प्रचण्डबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

आज प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डबीच आज केहीबेरमा भेटवार्ता हुँदैछ । उनीहरूबीच सर्वदलीय बैठकअघि छलफल हुन लागेकाे हाे । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएका हुन्।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठक बोलाएकाे प्रधानमन्त्रीको संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाई बैठक सञ्चालन गर्ने तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने निजी सचिव जोशीले बताए।

Logo