परराष्ट्रमन्त्री डा. खड्का नेतृत्वकाे टाेली स्वदेश फर्कियाे

परराष्ट्रमन्त्री डा. खड्का नेतृत्वकाे टाेली स्वदेश फर्कियाे

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन्। खड्का संयुक्त राष्ट्रसंघकाे ७६औं महासभामा भाग लिएर आज फर्किएका हुन् ।

खड्काले महासभामा काेभिड-१९, दिगाे विकास, पृथ्वीकाे आधारभूत आवश्यकता, मानव अधिकारकाे रक्षाबारे छलफल भएकाे बताए। उनले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतङ्कवादकाे अन्त्यबारे महासभामा कुरा गरेकाे पनि जानकारी दिए।

संयुक्त राष्ट्र संघकाे महासभामा सहभागी हुन गर्न खड्काकाे नेतृत्वकाे प्रतिनिधिमण्डल असाेज ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियाे।

प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयका सहसचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईलगायतका अधिकारी थिए। मन्त्री खड्काले महासभामा सहभागी जनाउँदै विभिन्न देशका विदेशमन्त्रीसँग पनि भेटवार्ता गरेका थिए।

Skip This
Skip This
Logo