सबै कम्युनिस्ट र मधेशवादी दल एक भए पनि कांग्रेसले जित्ने ल्याकत राख्नुपर्छ – गगन थापा

सबै कम्युनिस्ट र मधेशवादी दल एक भए पनि कांग्रेसले जित्ने ल्याकत राख्नुपर्छ – गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताएका छन्।

काठमाडौं महानगरपालिकाको कांग्रेस महाअधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले १४ औं महाधिवेशनबाट पार्टीलाई सुदृढ बनाएर आगामी निर्वाचन एक्लै जित्नसक्ने अवस्थामा पुर्याउनुपर्ने बताए।

‘कांग्रेस अर्काले पस्किएको भात खाने पार्टी होइन, कसैसंग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो। कम्युनिष्ट, मधेसवादी वा राप्रपा कसैसंग मिल्ने होइन । उनीहरु मिले भने पनि जित्नसक्ने कांग्रेस बनाउन पार्टीभित्र सुधारको खाँचो छ’, थापाले भने।

त्यस्तै थापाले स्थानिय निर्वाचनमा काठमाडौं महानगरपालिकामा कांग्रेसले जित्नै पर्ने बताएका छन्।

उनले भने,‘अब चार पाँच महिनाको समय छ, हामीले काठमाडौं महानगरपालिकामा जित्नै पर्छ, हामी जित्छौं साथीहरू त्यसरीनै लाग्नुहुने छ। म विश्वास लिन्छु।’

स्थानीय अधिवेशनले कांग्रेसलाई नयाँ ऊर्जा दिएको भन्दै नेता थापाले कांग्रेसले यथास्थितिबाट मुलुकलाई नेतृत्व गर्न नसक्ने बताए। 

‘अहिलेकै अवस्थाबाट हामीले देश र जनतालाई ढुक्क बनाउन सक्दैनौं । त्यसका लागि पार्टीभित्र शुद्धीकरण गर्नुपर्छ, सुधार गर्नुपर्छ’, थापाले भने।

 

Logo