एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो, टोली नेताले सुझाव प्रस्तुत गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको समूहगत छलफल सकिएको छ।

आज बिहानदेखि सुरू भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो।

प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो। सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसंगठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए। 

छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्नेछन्। 

प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएको सुझावलाई प्रस्तुत गर्नेछन्।

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन्। 

टोली नेताले आज सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ। 

Logo