कांग्रेस रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित

कांग्रेस रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको रामेछाप जिल्लाको सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन्।

जिल्ला सभापतिका लागि तीन जना उम्मेदवार रहेकोमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नल्याएपछि सोमबार दोस्रो चरणको चुनावको तयारी थियो। दोस्रो चरणमा पहिलो र दोस्रो हुनेबीच निर्वाचन हुने कांग्रेसकाे विधानमा छ।

पहिलो चरणमा तामाङले ६६८ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी लवश्री न्यौपानेले ३५६ र अर्का उम्मेदवार कृष्णबहादुर महतले ३२८ मत पाएका थिए।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका कान्छाराम तामाङलाई दोस्रो बढी मत पाएका  न्यौपानेले समर्थन गरेका हुन्। उनले समर्थन गरेपछि तामाङ सर्वसम्मत सभापति निर्वाचित भएका हुन्।

तामाङ पार्टी संस्थापन समूह निकट हुन्। तामाङ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारसमेत थिए।

Skip This
Skip This
Logo