लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगित भएको छ। 

प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो। 

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा बैठक स्थगित गरिएको बताए। 

अबको बैठक ११ कात्तिक बिहीबारका लागि तोकिएको छ। यसअघि पनि एमालेको विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित भएको थियो। 

Skip This
Skip This
Logo