सर्वोच्च बारले माग्याे प्रधानन्यायाधीशको राजीनामा

सर्वोच्च बारले माग्याे प्रधानन्यायाधीशको राजीनामा

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय कार्यपालिकामा भागबण्डा खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि प्रश्नहरू उठिरहेका बेला सर्वोच्च अदालत बार एसोसिएसनले राणाको राजीनामा मागेको छ। 

सर्वोच्च बारले आज जारी गरेको विज्ञप्तिमा आज बस्ने भनिएको फुल कोर्टसमेत बसाउन नसकेर प्रधानन्यायाधीश राणाले संविधानको धारा १३६ अनुसारको प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जनाएको छ।

आज बसेको बैठकले यसअघिका विभिनन समितिका प्रतिवेदन र प्राप्त सल्लाह, सुझावका आधारमा न्यायिक नेतृत्व पूर्णरूपमा असफल भएको निष्कर्ष निकाल्दै ‘न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि’ भन्दै प्रधानन्यायाधीश राणालाई ‘मार्गप्रशस्त गर्न’ माग गरेको छ।

Skip This
Skip This
Logo