राष्ट्रियसभाका २० सांसद फागुन २० देखि बिदा हुँदै, सरकार निर्वाचनकाे तयारीमा

राष्ट्रियसभाका २० सांसद फागुन २० देखि बिदा हुँदै, सरकार निर्वाचनकाे तयारीमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभाका २० सांसद चार वर्षको कार्यकाल पूरा गरेर फागुन २१ मा बिदा हुँदैछन्। २०७५ असार ४ गते गोला प्रथामार्फत चार वर्षे अवधि कायम भएका सांसदहरूको पदावधि सकिन लागेको हो। पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको थियो।

संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुने उल्लेख छ। राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ। जसअनुसार २० जना सांसदको चार वर्षे कार्यकाल फागुन २० मा सकिन लागेको हो। नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ जना सांसद राष्ट्रियसभा सदस्यबाट बिदा हुनेछन्।

जसमा नेकपा एमालेका सांसदहरू अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला ओझा, पर्शुराम मेघी गुरुङ, राम लखन चमार, सुमनराज प्याकुरेल रहेका छन्। नेकपा (एकीकृत समाजवादी) का उदयाशर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिशी, शेरबहादुर कुँवरको पदावधि पनि सकिन लागेको छ। यस्तै नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय, तारादेवी भट्ट, राधेश्याम अधिकारीले पनि सोही मितिबाट बिदा लिनेछन्। पाण्डेय चन्द्रबहादुर खड्काको स्थानमा जेठ १७ गतेको उपनिर्वाचनबाट राष्ट्रिय सभामा प्रवेश गरेका थिए। नेकपा माओवादी केन्द्रका खिमकुमार बिक, जीवन बुढा, दिनानाथ शर्मा, शशीकला दाहाल छन्।

त्यस्तै मनोनीततर्फ रामनारायण बिँडारीको पनि पदावधि सकिँदैछ। ती २० सांसदको पद सकिन लागेपछि सरकारले निर्वाचनको मिति छिट्टै तोक्ने तयारी गरेको छ।

दुई वर्ष पदावधिको चिट्ठा परेका १९ जना सांसद ०७६ मा बिदा भएका थिए। उनीहरूको ठाउँमा ६ वर्षका लागि १९ जना निर्वाचित भएर आएका थिए। अब राष्ट्रिय सभामा आउने २० सांसदको कार्यकाल ६ वर्षको हुनेछ। उनीहरूको मतदाता प्रदेश सभा सांसद र गाउँ–नगर पालिका प्रमुख–उपप्रमुख हुन्छन्।

Skip This
Skip This
Logo