तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन्। 

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका हुन्। 

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उनले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताए। 

कानुनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताएका ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएकाे टिप्पणी गरे। 

Skip This
Skip This
Logo