अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनु पर्छ: ओली

अब एमालेलाई लोकतान्त्रिक पार्टी बनाउनु पर्छ: ओली

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले अब एमालेलाई पूर्ण लोकतान्त्रिक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन्। 

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेभित्र लामो समयसम्म अराजक र अनुशासनहीन रहेको र अहिले सो समूह बाहिरिएको आरोप लगाए। 

पार्टीलाई बद्नाम गराउने, आन्तरिक कुरा लगेर बाहिर छताछुल्ल बनाउने, पार्टीको प्रभावलाई कम गराउने कार्यलाई मान्य नहुने भन्दै उनले स्वस्छ प्रतिस्पर्धासहित लोकतान्त्रिक आचारण एमालेमा रहने विश्वास दिलाउने प्रयास गरे। 

एमालेको एकता र सर्वसम्मतिले विधान महाधिवेशन हुँदा एमालेमा किन विवाद भएन भनेर चर्चा भएको भन्दै उनले विरोधीको चाहनाअनुसार एमाले नचल्ने बताए। 

विरोधीको चाहनामा चिसोपानी खन्याउने भन्दै उनले देश र जनताको चाहनाअनुसार पार्टी चल्ने उल्लेख गरे।

Logo