एमाले पालिका अधिवेशनः गोकुलगंगाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन

एमाले पालिका अधिवेशनः गोकुलगंगाको अध्यक्षमा दीपक कार्की सर्वसम्मत चयन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले रामेछाप, गोकुलगंगा गाउँपालिकाको अधिवेशनबाट गोकुलगंगा गाउँपालिका कमिटीको अध्यक्षमा दीपक कार्की निर्विरोध चयन भएका छन्। 

मंगलबार सम्पन्न प्रथम पालिका अधिवेशनले कार्कीलाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेको हो। कार्की यसअघि पालिका कमिटीको उपाध्यक्ष रहेका थिए।

गोकुलगंगा गाउँपालिका कमिटीको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष लोककुमारी गुभाजु (ललिता), सचिवमा तेम्बा शेर्पा तथा उपसचिवमा सचिन कार्की र मोहन खड्का चयन भएका छन्।

मंगलबार रामेछापका ८ मध्ये ६ स्थानीय तहमा एमालेले पालिका अधिवेशन सम्पन्न गरेको छ। ८ वटा स्थानीय तह मध्ये १ नगरपालिका र ४ गाउँपालिकामा नेतृत्व चयन भइसकेको छ भने बाँकी मन्थली नगरपालिका र लिखु तामाकोशी गाउँपालिकामा आज नेतृत्व चयन हुँदैछ।

Skip This
Skip This
Logo