एमालेले पहिलो महिला मुख्यमन्त्री गुमायो, फेरि अर्को मुख्यमन्त्री पनि गुमाउँदै

एमालेले पहिलो महिला मुख्यमन्त्री गुमायो, फेरि अर्को मुख्यमन्त्री पनि गुमाउँदै

केन्द्रबिन्दु
0
Shares

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिए लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेले तीन वटा प्रदेशबाट मुख्यमन्त्री पद गुमाउनु परेको छ ।

एमालेसँगै विभाजित भएको नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेलाई सत्तारुढ गठबन्धनले भावी मुख्यमन्त्रीको दाबेदारका रूपमा प्रस्तुत गर्ने निर्णय लिएको केही दिनमै एमालेले तीन वटा मुख्यमन्त्री पद गुमाउनु परेको हो । 

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले राजीनामा दिएसँगै एमालेले लुम्बिनी र गण्डकीसहित तीन वटा प्रदेश मुख्यमन्त्री गुमाउनु परेको हो । गण्डकी र लुम्बिनीमा क्रमशः माओवादीका कुलप्रसाद केसी र गण्डकीमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले जिम्मेवारी सम्हालिरहेका छन् । 

गत २ भदौमा एमालेका तर्फबाट मुख्यमन्त्री चयन भएकी शाक्य ६८औँ दिनमै बुधवारबाट जिम्मेवारीमुक्त भएकी हुन । उनी मुलुक संघीय शासन व्यवस्थामा गएपछि पहिलो महिला मुख्यमन्त्री बनेको रेकर्ड भने कायम भएको छ । 

एमालेका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ‘पार्टी एकताका लागि’ भन्दै गत २ भदौमा राजीनामा दिए लगत्तै शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् । 

लुम्बिनीमा माओवादी, गण्डकीमा कांग्रेस

एमालेले मुख्यमन्त्री गुमाएका तीनमध्ये लुम्बिनीमा माओवादी केन्द्र, गण्डकीमा कांग्रेस तथा बाग्मतीमा नेकपा ९एकीकृत समाजवादी०ले नेतृत्व गर्ने भएका छन् ।

गत २७ साउनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए लगत्तै माओवादी कुलप्रसाद केसी मुख्यमन्त्री बनिसकेका छन् भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गत २६ वैशाखमा राजीनामा दिए लगत्तै काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

‘पार्टी जोगाउन’ राजीनामा, तर मुख्यमन्त्री भने टिकेनन्

तत्कालीन नेकपा विभाजन भएपछि एमालेले पुनर्जीवन पाए पनि एमालेमा कलह भने देखा नै परिरहेको अवस्थामा ‘पार्टी एकता कायम गर्न’ दुई मुख्यमन्त्रीले राजीनामा दिए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर क्रमशः एमालेकै अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्रीको जिम्मेवारी दिइयो । 

तर, एमाले विभाजन भएको अवस्थामा शाक्यका स्थानमा पूर्वएमाले तथा हाल नेकपा ९एस०का पाण्डे मुख्यमन्त्री हुने भएका छन् भने गठबन्धनमा सहमति भएअनुसार प्रदेश १ मा राजेन्द्र राईको सम्भावना प्रबल रूपमा बढ्दै गएको छ । यद्यपि टुंगो भने लागिसकेको छैन । न्युज कारखाना 

Logo