नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन्। मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो।
कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन्। १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ भने १० जना बैठक बसेर मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए।
महानगरको अधिवेशनमा अध्यक्षका दुई जना आकांक्षी देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको थियो। नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य परशुराम बस्नेत मैदानमा देखिएका थिए। बस्नेतले सचिवमा कोइरालालाई दिने शर्त राखेपछि नेतृत्व चयन ढिलो भएको थियो।
सचिवका प्रत्यासी राधेश्याम कट्टेलले चुनावमै जाने बताएपछि जिल्ला कमिटीका नेताहरूले हस्तक्षेप गरेको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले बताए।
एमालेका जिल्ला तहका नेतादेखि प्रदेश तहका नेताहरू चुनावी प्रक्रियामा नगई नेतृत्व टुंग्याउन लागिपरेका थिए।































प्रतिक्रिया