वाग्मती प्रदेशले आज नयाँ सरकार पाउने, सानाे आकारकाे मन्त्रिमण्डल पनि आजै विस्तार हुँदै

वाग्मती प्रदेशले आज नयाँ सरकार पाउने, सानाे आकारकाे मन्त्रिमण्डल पनि आजै विस्तार हुँदै

केन्द्रबिन्दु
0
Shares

वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ। 

नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन्। उनले बुधबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

वाग्मती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ। प्रस्तावित मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त छ। वाग्मती प्रदेशमा आजै नयाँ सरकार गठन हुने निश्चित छ। मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनले प्रत्येक दलबाट एक एक जनाले मन्त्रीमा शपथ लिने भएका छन्।

आज पाण्डेसँगै नेपाली कांग्रेसबाट कृष्ण भँडेलले शपथ लिँदैछन्। माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एसबाट कृष्ण खनालले पनि मन्त्रीको रूपमा शपथ लिने बताइएकाे छ। बाँकी मन्त्रिपरिषद् विस्तार तिहार पछाडि गर्ने गठबन्धनको तयारी छ।

Skip This
Skip This
Logo