आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बिहीबार बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ। 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची छ।

यसअघि प्रतिनिधिसभा बैठक ९ कात्तिकका लागि तय भएको थियो। तर, एमालेको पालिका अधिवेशन पनि सोही दिन भएपछि प्रतिनिधि सभा बैठक आजका लागि सारिएको थियो।

यस अघिका बैठक एमालेले अवराेध गर्दै आएकाे छ। 

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले गरेकाे कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारबाहीको प्रक्रिया अघि नढाएकाे भन्दै  एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको हाे। एमालेकाे माग पूरा नभएकाले आजकाे बैठक पनि अवराेध गर्न सक्ने सम्भावना छ।

Skip This
Skip This
Logo