एमाले सूर्यविनायक नगर कमिटीको अध्यक्षमा रवीन्द्र सापकोटा निर्वाचित भएका छन्। एमालेका युवा नेता महेश बस्नेतको गृहनगर सूर्यविनायक नगरकाे प्रथमः अधिवेशनबाट सापकोटाको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नेतृत्व चयन भएको हो।
कमिटीको उपाध्यक्षमा विनयम महत, सचिवमा शिवराम राउत, उपसचिवमा कमला पोखरेल, श्याम श्रेष्ठ रहेका छन्।
बुधबार भएको बन्दसत्रमा अध्यक्ष सापकोटा र सचिव राउत निर्विरोध निर्वाचित भएका थिए। उपाध्यक्ष पदमा दुई जनाको र उपसचिवमा पदमा चार जनाको उम्मेद्वारी परेकाे थियाे । सर्वसम्मतिको प्रयासपछि उपाध्यक्ष पदका प्रत्यासी विश्वराम त्वयानाबासु र उपसचिव पदका प्रत्याशि चण्डिका मिश्र, दिनेश बस्नेत, राजन न्यौपानेले उम्मेद्वारी फिर्ता लिएपछि पदाधिकारी सर्वसम्मत भएको थियो।
बन्द सत्रमा अध्यक्ष सापकोटाले प्रस्तुत गरेको राजनीतिक तथा साँगठिनक प्रतिवेदनमाथि प्रतिनिधिहरुको दशवटा समूह विभाजन गरी दशजना टोली नेताहरुले सुझाव दिएका थिए। बन्द सत्रमा नेकपा एमाले भक्तपुर जिल्ला कमिटी सचिव बासुदेव थापाको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो।





























प्रतिक्रिया