अस्वस्थ भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना

अस्वस्थ भएपछि मन्त्री झाँक्री वीर अस्पताल भर्ना

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छिन्। निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए। 

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो। अहिले अस्पतालमा उपचार गराइरहनु भएको छ।” 

मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए।

Skip This
Skip This
Logo