गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई

गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई


नेकपा एमाले पार्टीको सचिव योगेश कुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै  उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आबद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । 'अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो', उनले भने । 

गठबन्धन  दलहरूमा विघटनको संकेतहरु देखा पर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसको आयु नरहने नेता भट्टराईको भनाइ छ । 

Logo